arrow

पर्सा जिल्लामा करिब तीन हजार नयाँ करदाता थपिए

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २७ शनिबार
ird.jpg.jpeg

वीरगन्ज। चालु आर्थिक वर्षको ६ महिनामा पर्सा जिल्लामा करिब ३ हजार नयाँ करदाता थपिएका छन्।आर्थिक वर्ष २०७४।०७५को साउनदेखी पुससम्मको ६ महिनामा आन्तरिक राजश्व कार्यालय पर्सामा २ हजार ९ सय ११ जना नयाँ करदाता थापिएका हुन। 

आर्थिक वर्ष २०७३/०७४को अन्त्यसम्मा पर्सा जिल्लामा ४८ हजार १ सय ७८ करदाता रहेको तुल्नामा चालु आर्थिक वर्षको ६ महिना भित्र २ हजार ९ सय ११ करदाता थापिदा अब सङ्ख्या ५१ हजार ८९ पुगेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपिकृष्ण कोइरालाले जानकारी दिनुभयो। उहाँले  लामो समयसम्म द्वण्दमा रहेको मुलुकमा संघिय संरचना अनुसार तीनै हतको निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति स्थिर्ता कायम हुँने जन मानसमा विश्वास पालाएकाले उद्योग व्यपारले गति लिदा करदाताको सङ्ख्यामा उलेख्य वृद्धी देखिएको बताए। 

आन्तरिक राजश्व कार्यालयमा करदाताको सङ्ख्या वृद्धीको सकारात्मक प्रभाव कार्यालयको राजश्व सङ्कलनमा समेत परेको छ। कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा विभागले दिएको लक्ष्य भन्दा रु ३० करोड४५ लाख बढी राजश्व सङ्कलन गर्न सफला भएको छ। कार्यालयलाई चालुआर्थिक वर्षको साउन देखी पुस सम्मकालागि रु २ अर्ब ३७ करोड४२ लाख राजश्व सङ्कलन गर्न विभागले दिएको लक्ष्यको तुल्नमा कार्यालयले रु २ अर्ब ६७ करोड ८७ लाख राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख कोइरालाले जानकारी दिए। 

राजश्व कार्यालयमा बढ्दो करदताको सङ्ख्याले मुलुकको आर्थिक राजधानीको रुपमा पहिचान बनाएको पर्सा जिल्लामा उद्योग व्यपार फस्ताउन लागेको सु–संकेत दिएको भएपनि व्यपार मैत्री कानुन र लगानी मैत्री वातावरण बनाउन सके हाल देखिएको करदाताको सङ्ख्यामा अझै वृद्धी हुने सम्भावना रहेको  राजश्व कार्यालयका कर्मचारीहरुको भनाइ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ