arrow

भारतका 'कामचोर' १३ हजार रेल कर्मचारीको जागिर चट्

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
rel.jpg

एजेन्सी । भारतमा १३ लाख भन्दा बढी रेल कर्मचारी छन् । ती मध्ये अब १३ हजार बढीले जागिरबाट हात धुनुपर्ने भएको छ । कारण अरु केही होइन उनीहरु गैर व्यवसायिक, अनधिकृत रुपमा लामो समयदेखि विदा बसेकोले हो ।

इण्डियन रेलवेजले विज्ञप्ती निकाल्दै अनुशासनको कार्वाहीस्वरुप ती कर्मचारीको जागिर उड्ने जनाएको छ । रेलवेजले भनेको छ, इमान्दार र मेहनती कर्मचारीको मनोबल बढाउन र रेल सेवामा सुधार ल्याउन कामचोर कर्मचारीलाई निकालिने भएको हो ।

रेलसेवामा सुधार ल्याउन रेलवेजले लामो समयदेखि कर्मचारीमाथि निगरानी गर्दै आएको थियो । यो अभियानका क्रममा १३ लाख भन्दा कर्मचारी मध्ये १३ हजार भन्दा बढीले बिना स्वीकृति लामो समयदेखि बिदा लिएको पाइएको थियो । इण्यिन रेलवेजले, सबै हाकिम र निरीक्षणहरुलाई कामचोर कर्मचारी कामबाट निकाल्न निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ