युवालाई लागु पदार्थ दुव्र्यसनबाट छुटाउन फुटसल

प्रकाशित मिति : २०७४ माघ २७ शनिबार , २,८७७ पटक हेरिएको

काठमाडौं । युवालाई लागु पदार्थ दुव्र्यसनीबाट अलग गराउन भन्दै काठमाडौंमा दोस्रो अन्तर कलेज फुटसल प्रतियोगिता गरिएको छ ।

लैनचौर युवा समन्वय समिति, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रुपमा आयोगना गरेको प्रतियोगितामा १५ वटा कलेज सहभागि भए ।

यो प्रतियोगिताको उपाधि भने न्यू मिलेनियम कलेज सुकेधाराले जितेको छ । नवोदित कजेज सामाखुसी र न्यू मिलेनियम कलेज सुकेधाराबीच फाइनल भएको हो ।

विजेताले ५० हजार र उपविजेताले २० हजार पुरस्कार पाएका छन् । लक्ष्मण थापा उत्कृष्ठ गोलरक्षक र सिजन गुरुङ उत्कृष्ठ खेलाडी घोषित भए ।

स्वास्थ्यका लागि खेलकूद र विकासका लागि खेलकूद नारा दिएर लागु पदार्थ दुव्र्यसनीविरुद्ध युवा चेतना फैलाउन प्रतियोगिता गरेको अध्यक्ष राम बहादुर रजतले बताए ।

नयाँ