arrow

दक्षिण कोरियाली राष्ट्रपति र किमबीच भेटवार्ता

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
kim1.jpg

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग भेटवार्ता गरेका छन् ।

मुन दक्षिण कोरियाको पूर्वी क्षेत्रमा पर्ने प्योङचाङमा रहेको मुख्य रंगलाशामा २३औं शीतकालीन ओलम्पिक खेलकूद सुरु भएका वेला स्थानीय समय अनुसार विहान ८ बजे प्रवेश गरेका थिए ।

रंगशालामै मुनले किमलाई भेटे र हात मिलाए । किम उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीको केन्द्रीय समितिकी प्रथम उप निर्देशक हुन ।

किम निजी विमानमा शुक्रबार विहानै दक्षिण कोरिया आइपुगेकी हुन् । प्रतिनिधिमण्डल बोकेको विमान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

उनि उत्तर कोरियाली उच्चस्तरीय टोलीको सदस्यका रूपमा दक्षिण कोरिया पुगेको योनहाप समाचार संस्थाले जनाएको छ ।  उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व भने माथिल्लो सदनका अध्यक्ष किम योङ नामले गरेका छन् ।  उनि विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन।
 
प्रतिनिधि मण्डलमा राष्ट्रिय खेलकुद निर्देशक समितिका अध्यक्ष चोए हवाई र शान्तिपूर्ण एकता समितिका अध्यक्ष रि सन ग्वोन पनि वरिष्ठ सदस्यको रुपमा रहेका छन् ।   प्रतिनिधि मण्डलमा १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । उक्त प्रतिनिधिमण्डल आइतबारसम्म दक्षिण कोरिया रहने छ ।

उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन स्वागतका लागि विमानस्थल पुगेका थिए । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ । सिनव्हा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ