arrow

विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुनेछौ : प्रचण्ड

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
pmprachandadahal.jpeg

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुनेछौ भनेका छन् ।  

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औँ साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई शनिवार  रामनगरमा सम्बोधन गर्दै उनले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गरे ।

उनले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताए  ।

हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उनले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताए । उनले भने, “सिंगो राष्ट्रको संमृद्धि तर्फ र नयाँ यात्रातिर नेपाल जाओस् भन्ने मेरो चाहना छ ।” राज्यले नीति र ऐन कानून, नियम निर्देशिकामा सुधार गर्ने कुरामा ध्यान पुर्‍याउन नसकेको उनले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ