arrow

प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
sanukuram-shrestha.png

हेटौँडा ।  प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा एमालेका सानुकुमार श्रेष्ठ शनिवार आज निर्विरोध चयन भएका छन् । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएका हुन् ।

मनोनयनका लागि दिइएको समयभित्र उनको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । श्रेष्ठको प्रस्तावक नेकपा माओवादी केन्द्रका सालिकराम जमरकट्टेल र समर्थक नेकपा एमालेका रामेश्वर फुँयाल रहेका थिए । निर्विरोध निर्वाचित सभामुख श्रेष्ठ काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर निवासी हुन् ।

यसैबीच अहिले अपराह्न तीन बजे वस्ने प्रदेश नं ३ को संसद् वैठकले निर्वाचनको परिणाम घोषणा गर्ने तयारी भइरहेको प्रदेशसभा संसद् सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ