arrow

अनुमानित भन्दा दोव्वर रकम र समय लगाएको चमेलियाको प्रम देउवाले गरे उद्घाटन

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
deuba-chameliya.jpg

दार्चुला। आयोजना शुरु हुनुभन्दा अगाडी अनुमानि गरिएको भन्दा दोव्वर समय र लागत लागेको चमेलिया जलविद्युत आयोजनाको शनिवारबाट औपचारिक रुपमा उद्घाटन भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन्।उद्घाटन कार्यक्रममा देउवाले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताए। 

सरकारी स्तरबाट प्रदेश नं ७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको हो । 

निर्माण शुरु भएको झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन गरेको हो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको हो । आयोजनाको दुईवटै युनिटबाट १५-१५ गरी ३० मेगावाट बिजुली उत्पादन भइरहेको छ । 

आयोजनाले दार्चुलाको बलाचबाट कैलालीको अत्तरियासम्म १३१ किलोमिटर लम्बाइको प्रसारण लाइनसमेत निर्माण गरेकाले यहाँको उत्पादन सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ  । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लागत पुगेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ