- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको आकर्षण कायमै छ । लिग लिडर सिटीले लेस्टर सिटीलाई ५–१ ले हराएको छ ।
शनिबार राति घरेलु मैदानमा खेलेको सिटीलाई विजयी गराउने क्रममा सर्जियो अगुएरोले ४ तथा रहिम स्टर्लिङले १ गोल गरे । जेमाइ भाडीले लेस्टरलाई १ गोल दिलाए ।
आर्सनल भने पराजित भएको छ । आर्सनललाई टोटनह्यामले १–० ले हरायो ।
एभर्टनले क्रिष्टललाई ३–१ ले, वेष्टह्यामले वाटफोर्डलाई २–० ले तथा स्वान्सीले बर्नलेलाई १–० ले हरायो ।
लिगमा २७ खेलबाट म्यान्चेस्टर सिटीको ७२, म्यान्चेस्टर युनाइटेडको एक खेल कमबाट ५६, टोटनह्यामको ५२, लिभरपुलको ५१, चेल्सीको ५० र आर्सनलको ४५ अंक छ ।