arrow

बल्ल हरायो दक्षिण अफ्रिकाले भारतलाई 

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । ६ खेलको एक दिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रिकाले बल्ल लय समातेको छ । दक्षिण अफ्रिकाले चौथो खेलमा ५ विकेटको जित निकालेको हो । 

जोहानेसवर्गमा भएको खेलमा भारतले ७ विकेटको क्षतिमा २८९ रन बनायो । 

शिखर धवनले १०९ तथा विराट कोहलीले ७५ रन बनाए । जवाफमा वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकाले २८ ओभरमा २०२ रनको चुनौती पायो । 

दक्षिण अफ्रिकाले २५.३ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो । 

२६ वर्षे हेन्रिच क्लासेनले २७ बलमा नटआउट ४३ रन बनाएर टिमलाई जिताए । 

हेन्रिच म्यान अफ द म्याच भए । 

त्यसैगरी फेहलुक्वायोले ५ बलमा नटआउट २३ रन जोडे । 

जितपछि सिरिजमा ३–१ को स्थिति भएको छ । भारतलाई सिरिज जित्न एक खेल जित्नैपर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ