arrow

प्रकाशको स्मृतिमा खेलकूद, छोराको नाम लिँदा भकानिए प्रचण्ड

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
prakash1.jpg

भरतपुर । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको छ ।

प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दोको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे । दिवंगत प्रकाश दाहालकै छोरा हुन् ।

प्रतियोगित उद्घाटन गरेपछि दाहालले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताए । ‘हामीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद हुनुपर्छ भनेर पदमा रहँदा र नरहँदा पनि सक्दो भूमिका निर्वाह गरेका छौं,’ अध्यक्ष दाहालले भने, ‘अहिले संघीयतामा देश गएको बेला प्रदेशस्तरमा समेत प्रतियोगिता हुनु सुखद कुरा भएको छ । यसले संघीयता बलियो बनाउन सहयोग पुर्‍याउँछ ।’

दिवंगत छोरा प्रकाशको नाम उच्चारण गर्दा भावुक भएका दाहालले चितवन जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न सक्षम रहेको सन्देश दिएको समेत बताए । उनले भने, ‘यसबाट खेल क्षेत्रमात्रै नभएर चितवनको पहिचान र आर्थिक समुन्नतीमा समेत ठूलो योगदान पुगेको छ ।’

चितवनमा शनिबारदेखि पहिलो मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता सुरु भएको छ । माओवादी अध्यक्ष दाहालले केही दिनपछि फुटबल प्रतियोगिताको समेत उदघाटन गर्न गइरहेको बताए ।

‘चितवन खेल प्रतियोगिता आयोजना गर्ने जिल्लाको रुपमा विकास हुँदा खुशी लागेको छ । यसलाई निरन्तरता दिनु जरुरी छ’ उनले भनेका छन् ।

दोश्रोपटक प्रधानमन्त्री भएको बेला अध्यक्ष प्रचण्डले तेश्रो मुवाँथाई प्रतियोगिताको उदघाटन गरेका थिए ।

प्रतियोगितास्थललाई शहीद मञ्चको रुपमा विकास गर्न आफूले विगतमा पहल गरेको उनले बताए । भविष्यमा समेत खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट उल्लेख्य पहल गर्ने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ