arrow

डोरमणि प्रदेश ३ को मुख्यमन्त्री नियुक्त, सोमबार सपथ

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
dormani.JPG

काठमाडौं । प्रदेश ३ मा मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश ३ को एमाले संसदीय दलको नेता डोरमणी पौडेल मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख अनुराधा कोईरालाले मुख्यमन्त्रीको सिफारिसलाई सदर गरेसँगै  पौडेल मुख्यमन्त्री नियुक्त भए । योसँगै सात प्रदेश मध्ये सबै भन्दा पहिले मुख्यमन्त्री नियुक्त गर्ने र सरकार बनाउनेमा प्रदेश ३ पहिलो भएको छ ।
 
मुख्यमन्त्री नियुक्त भएका पौडेलले सोमबार वहान पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले र माओवादीले आइतबार मात्रै पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई चिठी बुझाएका थिए ।

सात वटा प्रदेश मध्ये सबै भन्दा बढी ११० सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैको बहुमत छ । एमालेका मात्रै ५८ सांसद छन् । गठबन्ध गरेको माओवादी केन्द्रका १७ सांसद छन् । जसको समर्थन पनि पौडेललाई नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ