arrow

करिब ५६ लाख रुपैया सहित अन्तर्राष्ट्रीय हुन्डी कारोबारी पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २८ आइतबार
karobar.jpg

वीरगन्ज । अन्तर्राष्ट्रियस्तरमा मुद्राको अबैध ओसारपसार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा वीरगन्जको घण्टाघर लिंक रोडमा संचालित रहेको न्यु दक्षिणकाली अर्टो मोबाइल्समा छापामारी करिब ५६ लाख रुपैया सहित चार जना कारोवारीलाई आइतबार पक्राउ गरेको हो ।

वाहनको पार्टपूर्जा विक्रीको आडमा मुद्राको अबैध ओसारपसार( हुन्डी)को कारोवार हुने गरेको सुचनाको आधारमा छापा मार्दा ५५ लाख ६४ हजार रुपैयाँ नगद, विभिन्न बैठकका दुई दर्जन चेक, हुन्डी कारोवारका लागि प्रयोग हुने ६ थान मोबाईल र हरहिसाब  उल्लेख भएका दुई बोरा खाता बरामद भएको प्रहरीले जनाएको छ। कारोवारमा संलग्नह चार जनालाई आवश्यक अनुसन्धानकालागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य कारोवारी भारत विहान रक्सौल निवासी रितेश कुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेल रहेको प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरामद गरिएको नगद लगायतका अन्य सामान सार्वजनिक गर्दै उपरिक्षक रेग्मीले अमेरिका, युएइ, हङकङ, सिङ्गापुर, भारत लगायतको देशमा अबैध रुपमा रकम उपलब्ध गराउने हुन्डी कारोवारको मख्य नाइके रितेश नै रहेको संचारकर्मीहरुलाई जानकारी दिए । उनले न्यु दक्षिणकालि अटो मोबाइल्स संचालन रहेको घरका धनी राजेश रौनियार, विमित र मनोज रितेशका सहयोगिको रुपमा काम गर्दै आएको अनुसन्धानबाट देखिएको बताए ।

हुन्डीका कारोवारी रितेशलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले ग्राहकका रुपमा प्रहरीलाई पहिले परिचालन गरी कारोवार भए नभएको पुष्टी गरेपछि मात्र छापामारी गर्ने कार्य गरेको उपरिक्षक रेग्मीले जानकारी दिए ।

मुलुकको आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज नाकाबाट देशभरिका लागि आवश्यक उपभोग्य बस्तु आयात हुने गरेकाले यो नाकाबाट अबैध रुपमा कारोवार गर्नेहरु विदेशबाट सामान खरिद गर्न रितेश मार्फत अबैध रुपमा रकम पठाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

बरामद कागजात तथा  बैंक खाता वारे छानविन गरेपछि कारोवार वारे थप जानकारी आउने प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरु र बरामद भएको समान जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु माथि संगठित अपराध मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ। 

२०७३ साल असोज १६ गते प्रहरीले वीरगन्जको अलखियामठस्थित सन्तोष जैनको घरमा छापामारी ७८ लाख रुपैया नगद सहित सात जनालाई पक्राउ गरेको थियो । त्यसयताको यो अर्को ठूलो रकम पक्राउ परेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ