arrow

नेपालले पायो ११५ रनको लक्ष्य

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले आइतवार  जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो ।

ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले १० ओभरमा तीन विकेट गुमाउँदै ३९ रन बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ