arrow

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती, प्रमुख सचेतकमा दधिराम न्यौपाने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २९ सोमबार

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई पठाउने निर्णय गरेको छ ।

आइतबार अबेर राती सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले पुर्ण घर्तीलाई सभामुख, संसदियदलको उपनेतामा प्युठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको हो ।

सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आएपनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो ।

माओवादीले यस अघि नै रोल्पाका कुल प्रसाद केसीलाई संसदीइ दलको नेता चयन गरिसकेको छ ।

संसदीय दलको नेता र उपनेतालाई मन्त्री परिषदमा पठाउने ब्यक्ति छनौट गर्ने जिम्मा दिईएको समेत माओवादी श्रोतले जानकारी दिएको छ ।

 बहुमत सहितको दाबी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरे लगत्तै पत्रकारहरुसंग कुरा गर्दै एमाले संसदीय दलका नेता शंकर पोखरेलले सुरुमा ३ सदस्सीय मन्त्री मण्डल बनाउने संकेत गरेका थिए । 

पहिलो चरणको मन्त्री परिषदमा एमालेबाट बैद्यनाथ चौधरी र माओबादीबाट सुदर्शन बरालललाई नियुत्त गरिने पार्टी निकट श्रोतले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ