arrow

प्रदेश ३ का मुख्यमन्त्री पौडेल को हुन् ?

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
dormani.JPG

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएकी हुन् ।

मुख्यमन्त्री पौडेलले सोमबार वहान पद तथा गोपनीयताको सपथ लिएका हुन् । एमाले र माओवादीले आइतबार मात्रै पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई चिठी बुझाएका थिए ।

 डोरमणि पौडेलको जन्म वि सं २००२ साल चैत १५ गते भएको हो । उनि हेटौंडा उपमहानगरपालिका ११, नवलपुरका बासिन्दा हुन् ।  उनि  बुवा मायानाथ पौडेल र आमा कुलकुमारी पौडेलको सन्तानका हुन् ।

२०३० सालदेखि विद्यार्थी राजनीतिमा लागेका पौडेल २०३६ सालदेखि सक्रिय राजनीतिमा छन् । मानविकी संकायमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका पौडेलले २०३२ सालदेखि १० वर्ष शिक्षण गरेका थिए ।

तत्कालीन नेकपा मालेबाट राजनीतिक यात्रा सुरु गरेका पौडेललाई २०४६ सालको जनआन्दोलन ताका सरकारले टाउकोको मूल्य तोकको थियो । त्यसपछि उनि ५६ दिन भारतमा निर्वासित भएका थिए । पौडेललाई विभिन्न अभियोगमा सरकारले ४ पटक जेल हालेको थियो । उनलाई प्रहरीले १८ पटक पक्राउ गरेर हिरासतमा राखेको छ । पौडेल ०४८ र ०५४ सालको चुनावबाट हेटौंडा नगरपालिकाको मेयर बनेका थिए  ।

 पछिल्लो समय सम्पन्न प्रदेशसभा चुनावमा उनि हेटौडा क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।  उनले कांग्रेसका उम्मेदवार अशोक शाक्यलाई ४ हजार १ सय २२ मतले पछि पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ