arrow

पृथ्वीसुब्बा प्रदेश ४ को मुख्यमन्त्री नियुक्त, सपथ शिवरात्रिको भोलिपल्ट

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
prithibi.JPG

कास्की । पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वसम्मत संसदीय दलको नेता चयन भएका गुरुङ मुख्यमन्त्री नियुक्त भएका हुन् ।

माओवादी केन्द्रको समर्थनमा उनले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष दावी पेश गरेका थिए । एमालेका २७ र माओवादी केन्द्रका १२ सदस्यको हस्ताक्षरसहित कार्यालय पुगेका गुरुङलाई प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरे ।

उनको सपथ शिवरात्रीको भोलिपल्ट फागुन २ गतेका लागि तोकिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

संसदीय दलको नेताको दावी गर्दै आएका किरण गुरुङ पछि हटेपछि पृथ्वीसुब्बा संसदीय दलको नेता भएका थिए । वाम गठबन्धन बनाएका एमाले–माओवादीकै  सहमति अनुसार एमालेले माओवादीको समर्थनमा प्रदेश ४ मा प्रादेशिक सरकारको नेतृत्व गर्ने पक्का पक्की गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ