arrow

मुख्यमन्त्री ताकेका केशव स्थापित प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्री

प्रदेश ३ मा सरकार बन्याे

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
keshav-sthapit1.jpg

काठमाडौं । मुख्यमन्त्रीको सपथ खाएसँगै डोरमणि पौडेलले मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश ३ मा सबै भन्दा पहिले सरकार गठन भएको छ । केशव स्थापित पौडेल नेतृत्वको प्रदेश सरकारको भौतिक पूर्वाधार तथा निर्माणमन्त्री नियुक्त भएका छन् ।

काठमाडौं महानगरको मेयर भएर कुनै समय भौतिक पूर्वाधार निर्माणमा चर्चा कमाएका स्थापितले मुख्यमन्त्रीको दावी समेत गरेका थिए । पछि संसदीय दलको नेताका लागि उम्मेदवारी भने दिएनन् ।

डोरमणि पौडेलले मुख्यमन्त्री कार्यभार सम्हाले लगत्तै स्थापितलाई समावेश गर्दै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले मन्त्रीमण्डलमा माओवादी संसदीय दलको नेता शालिकराम जम्कट्टेललाई समेत सहभागि गराएका छन् । उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । जम्कट्टेल माओवादीको मजदुर संगठनबाट बढी चर्चामा आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ