arrow

सन्दीपको शानदार प्रदर्शन, २० रन मात्रै खर्चेर ५ विकेट चैट्

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
sandip.jpg

काठमाडौं । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ ।

केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ७७ रन बनाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले एक सय ७८ रनको चुनौती पाएको छ ।  

केन्याविरुद्ध सन्दीप लामिछानेले कीर्तिमानी बलिङ गरेका छन् । उनले १० आभेर बलिङ गरेर ५ मेडन राख्दै ५ विकेट लिए । सन्दीपले लिस्ट ए मान्यताको खेलमा २० रन मात्रै खर्चिएर ५ विकेट लिने उत्कृष्ठ खेलाडीको सूचिमा नाम लेखाएका छन् ।

यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले समान १–१ विकेट लिए । यसअघि नेपालले २ खेल जित्दै विश्वकप एक दिवसीय छनोट खेल्ने सम्भावना बढाएको छ ।

शीर्ष दुईभित्र पर्न यो खेल जित्नै पर्ने दबाब छ । ६ टोली सहभागि प्रतियोगितामा क्यानाडा यसअघि खेलेका तीन खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल हारेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ