arrow

एमाले-माओवादी एकता : ओली र प्रचण्ड दुबै सह–अध्यक्ष !

दुबैतिरका कार्यकर्तालाई नयाँ सन्देश सुनाउने तयारी

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
oli-prachanda.jpg

काठमाडौं । एमाले र माओवादीको पार्टी एकताबारेको छलफल अन्तिम विन्दुमा पुगेको बताएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच एक्ला एक्लै भएको भेटमा नेतृत्वको जिम्मेवारी बाँडफाँड मिलेसँगै छलफल अन्तिम विन्दुमा पुगेको बताइँदै छ ।

ओली निकट एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए आफुलाई अध्यक्ष दिनु पर्ने माओवादी अडानमा एमाले सहमत हुन नसकेपछि महाधिवेशन नभएसम्मका लागि दुवै सह–अध्यक्षको भूमिकामा रहनेमा लगभग सहमति जुटेको बताए । विभिन्न विकल्पमा छलफल भएपनि यहि बाटो मध्यमार्गी देखिएको उनले सुनाए ।

उनले भनेका छन्, ‘कुरा धेरै थरी आएका छन् । अहिलेलाई यत्ति भन्न सकिन्छ । मंगलबारको पार्टी एकता संयोजन समितिको बैठकले दुई नेताबीच भएको एक्ला एक्लै वार्ताको प्रस्ताव अनुमोदन गरेर सम्भवतः नयाँ खाका बाहिर आउनेछ ।’

उनले सोमबार एकपटक एक्ला एक्लै वार्ता भएको र मंगलबार पनि सुरुमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिए ।

सोमबारको एक्ला एक्लै भेट ललितपुरमा भएको भएपनि मंगलबार कहाँहुन्छ र कतिबेला हुन्छ भन्नेबारे जानकारी दिइएको छैन । तर, ति नेताले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सन्देश सुनाउने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ