arrow

'भ्यालेनटाइन डे' मा आफैलाई माया गर्न सिकाइने

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
traffice.jpg

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा र आरएमआर फाउन्डेशनले भ्यालेनटाइन डेको अवसरमा 'जीवनलाई माया गर्नुहोस्' भन्ने नाराका साथ सडक सुरक्षा अभियान सञ्चालन गर्ने भएको छ ।राजधानीमा सोमबार महाशाखा र फाउन्डेशनले सडकमा खटिने भोलेन्टियर विद्यार्थीहरुका लागि कक्षा सञ्चालन गर्दै उक्त कुराको जानकारी दिएको हो ।

अरूलाई माया गर्ने दिन आफ्नै जीवनलाई पनि माया गर्नु पर्छ भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गर्न लागिएको महाशाखाका प्रहरी नायव उपरीक्षक नविनकुमार राईले  बताए । ६ दिनसम्म सञ्चालन हुने सडक सुरक्षा अभियानमा जीवनको महत्त्वको विषयमा सचेत गराइने फाउन्डेशनका महासचिव डाइमन्ड लामिछानेले बताए ।  अनुशासन र सचेतना नहुँदा धेरैले ज्यान गुमाइरहेको भन्दै उनले यसका लागि सडक अनुशासन पालना गर्न सचेतना प्रदान गर्न लागिएको बताए ।

अभियानमा लेन अनुशासन पालना ,  सार्वजनिक सवारी साधन चढ्ने यात्री र तिनिहरूको सुरक्षा , सडक अनुशासन पालना , पार्किङ व्यवस्थापन , पैदल यात्रीलाई बाटो काट्ने  विषयमा शिक्षा , टेक्टाइल पेभ्मेन्टको सही कार्यान्वयन लगायतको विषयमा सचेतना प्रदान गरिने छ ।

महाशाखा र फाउन्डेशनले सडक दुर्घटना न्युनिकरणका लागि उपत्यकाका कलेजहरूमा सडक दुर्घटना न्युनिकरण क्लब समेत गठन गर्ने भएको छ । महाशाखाले नेशनल ल कलेज , सेन्ट जेभियर कलेज , लिङ्कन कलेज लगायतका कलेजका विद्यार्थीहरुलाई भोलेन्टियरको रुपमा उपत्यकाका विभिन्न सडकमा खटिएर गर्नुपर्ने कामको विषयमा सचेतना शिक्षा समेत प्रदान गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ