arrow

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
arjun-thapa.png

धनगढी ।  प्रदेश नम्बर ७ को प्रदेशसभाको सोमवार बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा एमालेका सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनको सोमवार भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गरेका  जेष्ठ सांसद दिव्यश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनि प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

जेष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित  भएकोमा उनको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिएका थिए ।

यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गरिको प्रस्ताव प्रस्तुत गरिएको थियो ।

प्रस्तावकले प्रस्ताव पेश गरेपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गरेका थिए ।  प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ