arrow

'ओबोर नेपालका निम्ति अपरिहार्य’

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
one-belt-one-road.jpg

काठमाडौँ ।  नेपाल–चीन सम्बन्धका जानकारले चीनको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणा कार्यान्वयन भएपछि नेपालको विकासमा योगदान पुग्ने भएकाले त्यसको अपरिहार्यतामा जोड दिएका छन् ।

नेपाल चीन उद्योग वाणिज्य संघले यहाँ सोमवार आयोजना गरेको ओबोर प्रवद्र्धन तथा नेपाल–चीनबीच सहयोग विस्तार कार्यशालाका सहभागीले विशाल परियोजनाका रुपमा रहेको उक्त अवधारणाबाट विश्वका धेरै मुलुक लाभान्वित हुने बताए ।

परराष्ट्र सचिव शंकरदास वैरागीले अर्थ र परराष्ट्र सचिवस्तरमा गठन भएका उच्चस्तरीय समितिले आपसी लाभका क्षेत्रमा काम गरिरहेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले ओबोर परियोजना कार्यान्वयन गर्न नेपालको नीतिगत समन्वय, पारस्परिक विश्वास अभिवृद्धिका साथै द्विपक्षीय सम्बन्धलाई अनन्तकालसम्म अक्षुण्ण राख्न चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकासका निम्ति आवश्यक पर्ने सडक, विमानस्थलजस्ता भौतिक पूर्वाधार निर्माणमा सघाउने चिनियाँ नीतिबारे जानकारी दिए ।
 
पूर्वराजदूतत्रय मधुरमण आचार्य, हिरण्यलाल श्रेष्ठ र शम्भुराम सिंखडाले ओबोरका विषयमा वैचारिक बहसभन्दा पनि कार्यान्वनको पाटालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधार निर्माण क्षेत्रमा चिनियाँ लगानी आवश्यक छ भन्दै ओबोरले पनि तिनै विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ