arrow

सन्दिप र रोहितको उत्कृष्ट प्रदर्शनले नेपाल बिजयी

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
Sandip_MOM_Kenya_divii.jpg

काठमाडौँ । सन्दीप लामिछानेको उत्कृष्ठ बलिङ र रोहित पौडेलको सुझबुझपुर्ण ब्याटीङको मद्दतले नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटीङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुामएर १७७ रन बनाएको थियो।  

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्याविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको थियो ।

जवाफमा ब्याटीङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुामउँदै १७८ रन बनाएर जित हासिल गरेको थियो। नेपालकालागि रोहित पौडेलले ८६ बलमा १ चौकाको मदतले ४७ रन बनाएका थिए। त्यसैगरि आरिफ शेखले ४२ रनको योगदान दिएका थिए। 

छैठौं विकेटकालागि रोहित त आरिफले ७७ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीले नेपाललाई जितको बाटोमा डोर्‍याएको थियो। ८२ रन हुँदा ५ विकेट गुमाएको नेपालले रोहित र आरिफको सुझबुझ पुर्ण ब्याटीङले नेपालको जित सुनिश्चित भएको थियो। 

केन्याविरुद्ध सन्दीप लामिछानेले कीर्तिमानी बलिङ गरेका थिए । उनले १० आभेर बलिङ गरेर ५ मेडन राख्दै ५ विकेट लिए । सन्दीपले लिस्ट ए मान्यताको खेलमा २० रन मात्रै खर्चिएर ५ विकेट लिने उत्कृष्ठ खेलाडीको सूचिमा नाम लेखाएका छन् ।

यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले समान १–१ विकेट लिए । यसअघि नेपालले २ खेल जित्दै विश्वकप एक दिवसीय छनोट खेल्ने सम्भावना बढाएको छ ।

खेलको प्लेयर अफ म्याच सन्दिम लामिछाने घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ