arrow

प्रचण्डको अभिव्यक्तिले एमालेमा तरङ्ग, प्रचण्डकै बढ्यो वार्गेनिङ पावर

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
oli-prachanda.jpg

काठमाडौं ।

काठमाडौं । शनिबार चितवनमा पुगेर प्रचण्डले बोलेको एउटा अभिव्यक्तिले बाम गठबन्धनमा ठूलै तरङग पैदा गएको छ । एमाले र माओवादीबीच एकीकरणको तयारी अन्तिम चरणमा पुगेको भनिएपनि एकीकरण प्रक्रिया अझै अड्किएको छ । एमाले र माओवादीका नेताहरु अहिलेपनि दुई पार्टीको एकीकरण कुरालाई शंका समेत पनि नगर्न आग्रह गरिरहेका छन् । तर परिस्थिति टालटुलेमै सिमित छ। 

हुन पनि चुनावको बेलामा गठबन्धनमा जोडिएका यी दलहरुले चुनाव पछि पनि पार्टी एकतामा नजुटे पनि मुख्यमन्त्री चयन लगायतका विषयमा पूर्व सहमति अनुसार नै काम गर्दै आएका छन्। उनीहरुले अन्य सबै कामहरु सहमति अनुसार गरेको भएपनि पार्टी एकीकरणको लागि आवश्यक मूल मुद्दा नेतृत्वको विषयमा सहमति जुटाउन सकिरहेको छैनन् । 

सोमबार पनि प्रचण्ड र ओलीबीच वान टु वान वार्ता भएको छ । वान टु वान वार्तामा निर्णय केही गर्न नसकेपछि मंगलबार फेरि यस्तै प्रकृतिको वार्ता वस्ने गरी बैठकबाट दुबै नेता उठेका छन् । एमाले निकट स्रोतका अनुसार प्रचण्डको सो अभिव्यक्तिपछि एमालेभित्र ठूलै हल्लिखल्ली भएको छ । प्रचण्डले घु्र्क्याउनकै लागि भनेको भएपनि उनले भनेको कुरा आम जनमतको विपरितको रहेको उल्लेख गर्दै एक एमाले नेताले भने एमालेभित्र त प्रचण्डको सो अभिव्यक्तिले भुईँचालो नै गएको छ । यसले प्रचण्डको वार्गेनिङ पावर भने बढाएको छ । 

उनको अभिव्यक्तिको पर्सीपल्ट नै दुई पार्टीका अध्यक्षबीच फेरि वान टु वान वार्ता सुरु भएको छ । एमाले अध्यक्ष ओलीले दुबैले नेतृत्व आफैं राख्न खोज्दा सहमति नभएको कुरा वान टु वान वार्ता भएपनि बाहिर छताछुल्ल भईसकेको छ । सोमवार मात्रै यी दुई नेताबीच झन्डै तीन घण्टा ‘वान टू वान’ वार्ता भएको छ ।  

वान टु वान वार्ता सकारात्मक नभएको भनेर कुनैपनि नेताले कहिलै पनि भन्ने गरेका छैनन् । तर, त्यसको नतिजा भने खास सकारात्मक आएको छैन । आइतवार मात्रै बसेको स्थायी समिति वैठकले फागुनभित्र पार्टी एकता पूरा गर्ने निर्णय गरिसकेको छ । तर, एकातिर प्रचण्ड त्यस्ता विवादास्पद अभिव्यक्ति दिँदै हिँड्छन् भने वान टु वान वार्ता पनि सकारात्मक हुने गरेको छैन । यस्तो अवस्थामा दुई पार्टीबीचको एकतामाथि भने आशंका गर्नेहरु थपिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ