arrow

गीत गाउँदै उत्तेजनामा लुगा फुकाल्ने गायिका सरस्वती प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
Saraswoti-Lama-arrested.jpg

बाँँके । बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव गायिका सरस्वती लामाको कारण विवादसँगै अनियन्त्रित भएको छ।

लामाले महोत्सवमा ‘काले दाई काले दाई’ बोलको गीत गाउने क्रममा शरीरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि स्थिति नियन्त्रण बाहिर जान खोजेको थियो।

गायिका नै लुगा खोलेर प्रदर्शनमा उत्रिएपछि कार्यक्रममा सहभागी युवाहरू अनियन्त्रित रुपमा प्रस्तुत भएका थिए। 

लगत्तै लामालाई आफ्नो प्रस्तुति बीचमै रोक्न लगाएर प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो। 

लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंखल भई अश्लीलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल समेत प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए। 

कार्यक्रम स्थलबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको थियो। 

प्रस्तुति अश्लील र विवादित भएको भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई लामाको प्रस्तुति नराख्न निर्देशन दिएको थियो।

आयोजकले ल्याउने अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्यादित कार्यक्रम गर्न आयोजकको निर्देशन दिएका थिए।

प्रहरीले विवादका बीचमा गायिका लामालाई केही समय गिरफ्तार गरेर महोत्सवको सचिवालयमा पुर्‍याएर छाडेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ