arrow

मरिसस रोजगारीको गतिलो गन्तव्य, मासिक दुई लाखसम्म कमाइ

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
marisis.jpg

काठमाडौं । कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारका लागि राम्रो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ ।

रोजगारीका लागि खाडी मुलुक पुगेका कामदार आर्थिक, शारीरिक शोषणमा पर्ने घटना बृद्धि भइरहेको बेला मरिसस आकर्षक गन्तव्य हुन सक्ने सम्भावना देखिए पनि सरकारी निकाय र मेनपावर व्यवसायीको प्राथमिकतामा यो देश पर्न सकेको छैन ।

निरन्तर बढिरहेको पर्यटक आगमनले मरिससमा रोजगारीका अवसर सिर्जना भइरहेको स्थानीय व्यवसायी बताउँछन् । 

पोर्टलुईसमा रेस्टुरेन्ट संचालन गरिरहेका सुन्दर सिंह पछिल्ला वर्षमा मरिसरको बराबर नै संसारका विभिन्न मुलुकबाट पर्यटक आइरहेकाले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरको माग बढिरहेको बताउँछन् ।

पर्यटक संख्या बृद्धि हुँदै गइरहेको र प्रतिव्यक्ति आम्दानी पनि राम्रो भइरहेकाले मरिसस आउनेले राम्रो पारिश्रमिक पाइरहेको बताइन्छ । उनीहरुका अनुसार अंग्रेजी भाषामा कुरा गर्न सक्नेले मासिक दुई लाख रुपैयाँ कमाउन गाह्रो छैन । 

अंग्रेजी नजान्नेले हिन्दी भाषामा कुराकानी गर्न सक्ने अवसर रहे पनि त्यस्ता कामदारको पारिश्रमिक भने केही कम हुने गरेको बताइन्छ ।

पर्यटन व्यवसायी मिजिया सिन्हा मरिससको आर्थिक अवस्था राम्रो भएकाले यहाँ काम गर्न आउने जोसुकैले महिनामा एकलाख रुपैयाँभन्दा कम पारिश्रमिक पाउने सम्भावना नरहेको बताउँछन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ