- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्थान सुधार गरेको छ ।
वेष्ट ब्रोमविच आल्बियनलाई ३–० ले हराउँदै चेल्सीले स्थान सुधार गर्दै चौथो स्थानमा पुगेको हो ।
सोमबार राति चेल्सीको मैदानमा भएको खेलमा विजयी गराउन एडिन हजार्डले २ तथा भिक्टर मोसेसले १ गोल गरे ।
यो जितले २७ खेलबाट चेल्सीको ५३ अंक भएको छ ।
शिर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२, दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ५६ तथा तेस्रो स्थानको लिभरपुलको ५४ अंक छ ।