arrow

मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते 

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
accident-final.jpeg

नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १४ लोकाहा पुल नजिकै सोमबार बेलुकी सवा ७ बजे, लु ३३ प ५३९२ नम्बर र ना १८ प ६२०७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा २ जना गम्भीर घाईते भएका छन् ।

दुर्घटनामा देवचुली नगरपालिका १ का २५ वर्षिय भिमबहादुर साखी र नाम थर ठेगाना नखुलेका अन्दाजी २५ वर्षकै अर्का पुरुष घाईते भएका हुन् । 

घाईते दुबै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ