arrow

प्रदेशस्तरीय महोत्सव भीमदत्तनगरमा शुरु

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
kanchanpur_district_map.png

भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमबारदेखि शुरु भएको छ । 

“कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध ७ नम्बर प्रदेशको आधार” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्लले गरे । 

दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल, स्थानीय परिकार, यहाँको कृषि प्रदर्शनी समेत गरी १५० स्टल राखिएका छन् । 

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा बोल्दै प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश नं ७ लाई हरेक दृष्टिकोणले समृद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रचारप्रसारमा टेवा पुग्ने उनको भनाइ थियो । 

त्यसैगरी, महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले आगामी पाँच वर्षभित्र प्रदेश नं ७ मा औद्योगिक विकास हुने बताए ।

 “औद्योगिक विकासका लागि कामको शुरुवात भइसकेको छ,” नेता भट्टले भने– “प्रदेश समृद्ध बनाउन साधनस्रोतको परिचालन मुख्य चुनौती रहेको छ ।” 

फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पुर्याउने, कृषि व्यवसायलाई टेवा पुर्याउने, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताए । 

केही दिनअघि कञ्चनपुर उद्योग वाणिज्य संघकै आयोजनामा भारतको देहरादुनमा समेत अन्तरराष्ट्रिय व्यापार मेलासमेत सम्पन्न भएको थियो । 

कञ्चनपुर उद्योग वाणिज्य संघले डेढ दशकदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ