arrow

बेलायती रक्षा राज्यमन्त्रीसँग प्रचण्डको आग्रह, नेपालमा लगानी गर्नुहोस

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
pmprachandadahal.jpeg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकाष्टरलाई संविधान कार्यान्वयनको महत्वपूर्ण कडी तीन वटै तहको निर्वाचन सम्पन्न भई मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।  

नेपाल भ्रमणमा रहेका बेलायती राज्यमन्त्री ल्यानकाष्टरसँग उनकै निवास खुमलटारमा भएको भेटमा अध्यक्ष दाहालले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताएको उनको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले नेपालको संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको समेत बताए ।
 
अध्यक्ष दाहालले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाई समेत धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा अध्यक्ष दाहालसँग रक्षा राज्यमन्त्री ल्याङकाष्टरले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायत विषयमा जिज्ञासा राखेका थिए । उनले नेपालको संविधानले राज्य संयन्त्रमा महिलाको प्रतिनिधित्वको व्यवस्था गरेकाले त्यसको कार्यान्वयनका पक्षका बारेमा समेत अध्यक्ष दाहालसँग छलफल गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ