arrow

रेडक्रस सोसाइटीको सरयू उपशाखामा आचार्य

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
redcross1.jpg

सुनसरी । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा अन्तर्गतको सरयू उपशाखा धरानको मंगलवार निर्वाचन सम्पन्न भएको छ । धरानको साबिक वडा नं ४,५,१२,१३ र १६ कार्य क्षेत्र रहेको यस उपशाखाको सभापतिमा  युवा समाजसेवी बिकास आचार्य पुन: दोस्रो कार्यकालको लागी निर्वाचित भएका छन् ।

 आचार्य यो भन्दा आगाडी सरयू उपशाखाका सचिव थिए । आचार्यका अनुसार अन्य आठ जना सदस्यहरू समेत आजै निर्बिरोध निर्वाचित भएका छन् । सदस्यमा निर्वाचित हुनेहरू गोविन्द बस्नेत , प्रियस गुरागाई  , घनश्याम बुढाथोकी , जनसेवक भण्डारी  , उर्मिला श्रेष्ठ  , राजेश अग्रवाल , पूर्ण बहादुर बस्नेत (लक्ष्मण ) र राजु साह रहेका छन् ।

 जिल्ला शाखाका सदस्य प्रकाश राई निर्वाचन अधिकृत रहेको उक्त उपशाखाको निर्वाचनबाट सभापति भएका आचार्यले आफूले पहिले सभापति रही कार्य गरेको अनुभव , आफू सँगै निर्बिरोध निर्बाचित हुनु हुने अन्य सदस्यहरु र  क्षेत्रमा रहेका रेडक्रसका सदस्यहरुको सहयोग र सुझावमा अगाडी बढ्ने बताउँदै अब आफ्नो उद्देश्य उचित स्थानमा जग्गा खोजी उपशाखाको आफ्नै भवन निर्माण गर्ने कुरामा केन्द्रित हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ