arrow

वाम सरकारलाई पूर्वसांसद मञ्चको सुझाव–कांग्रेससँग मिलेर काम गर्नू

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
uml-maobadi-new.jpg

काठमाडौँ । पूर्वसांसद मञ्चले अब गठन हुने वामपन्थी सरकारलाई भ्रष्टाचार नियन्त्रण, सुशासन तथा ऊर्जा र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ ।

मञ्चको काठमाडौँमा चलेको दुईदिने भेलाले मुलुकलाई विकास र समृद्धिमा लैजाने सवालमा सरकार र प्रतिपक्षी काँग्रेसलगायत राजीतिक दललाई सहकार्यका साथ अघि बढ्न सुझाव दिएको महासचिव शंकरनाथ अधिकारीले जानकारी दिए ।

मुलुकमा लामो समयदेखि कमजोर व्यस्थापनको कारण विकास र पूर्वाधारका आयोजनाहरु तोकेको समयमा पूरा हुन नसकेको पक्षलाई गम्भीरताका साथ लिँदै लगानीको सुनिश्चिताका साथै स्रंोत र साधनको आवश्यक प्रबन्ध मिलाएर काम गर्न मञ्चले सरकार र राजनीतिक दललाई सल्लाह दिएको हो ।

पछिल्लो समय निर्वाचन खर्चिलो भएकै कारण राजनीतिमा ठूलो योगदान पु¥याएका इमान्दार कार्यकर्ताले प्रतिस्पर्धा गर्न निकै कठिन भएको पक्षलाई हेक्का राखेर यस क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्न सुधारको पहल कदमी लिन पनि मञ्चले सुझाव दिएको छ ।

मुलुकमा विद्यमान मानव संशाधनको समुचित प्रयोगका लागि उद्योग, व्यापार, यातायात र पर्यटन क्षेत्रमा परिणाममुखी सुधारको खाँचो औँल्याउदै मञ्चले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफल रुपमा सम्पन्न गरेकामा सरकार र राजनीतिक दलप्रति धन्यावद ज्ञापन गर्ने निर्णय पनि गरेको छ ।

मञ्चले पूर्वसांसदको योग्यता, क्षमता र अनुभवलाई उपयोग गर्ने व्यवस्था मिलाउन सरकार र राजनीतिक दलसँग आग्रहसमेत गरेको छ । ४४० आजीवन सदस्य रहेको उक्त मञ्चमा एक हजार ३०० सदस्य रहेका छन् ।

भूकम्पबाट घर क्षति भएका पीडितलाई आवास निर्माणका लागि सहजरुपमा सहयोग उपलब्ध गराउन र सहयोगलाई परिवर्तित बजार मूल्यअनुरुप बनाउन पनि मञ्चले सरकारलाई भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ