arrow

गाेपाल किराँती वैद्यकाे मञ्चमा : अहिले त माअाेवादीमै छुँ, एमालेसँग एकता हुनासाथ पार्टी छोड्छु

वैद्यले भने– सच्चा क्रान्तिकारीहरु विलय नहुनुस्, विद्रोह गर्नुस्

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
kirati_news.jpg

काठमाडौँ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट बीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले २३औँ जनयुद्ध दिवसका आवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले एकताका लागि विभिन्न पार्टीसँग छलफल चलिरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिए । उनले भने,  “विप्लवजी, मोहनविक्रम सिंहजी र ऋषि कट्टेलजीसँग पार्टी एकतासँगै संयुक्त रुपमा आन्दोलनका कार्यक्रम लैजाने बारेमा छलफल चलिरहेको छ ।”

माओवादी केन्द्रले एमालेसँग पार्टीलाई विलय गराउन लागेको भन्दै उनले त्यहाँभित्र रहेका सच्चा क्रान्तिकारीहरुले विद्रोह गर्ने बेला आएको बताए ।

उनले भनेका छन्, “संसदवादविरुद्ध लडेको पार्टीले संसदवादको पक्षमा रहेको एमालेसँग एकता गर्दैछ, अब त्यहाँ रहेका इमान्दार नेता, कार्यकर्ताले सोच्ने बेला आएको छ ।”

कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले क्रान्तिकारी कम्युनिष्टबीचको एकताका लागि नेतृत्वदायी भूमिका खेल्न महासचिव वैद्यलाई आग्रह गरे ।

माओवादी केन्द्रका नेता गोपाल किराँतीले अहिलेसम्म आफूले पार्टी नछोडे पनि एमालेसँग पार्टी एकता भएमा आफूले पार्टी छोड्ने निष्कर्षमा पुगेको बताए । प्रदेश १ काे संयाेजक रहेका  किराँतीलाई कारबाही गर्न भन्दै पार्टीभित्र बहस चलेकाे छ ।

माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र विष्ट मगरले अहिले क्रान्तिका लागि मैदान खाली रहेको भन्दै माओवादीधारमा रहेका पार्टीबीच एकता गरी त्यो मैदानमा होमिनुपर्ने धारणा राखे ।

वामपन्थी नेता तथा लेखक विश्वभक्त दुलाल‘आहुती’ले विज्ञान र प्रविधिको विकासलाई जोडेर सोहीअनुरुपको नयाँ क्रान्तिको तयारी अहिलेको आवश्यकता भएकामा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ