arrow

प्रदेश ६ मा माओवादी नेतृत्वको सरकार बन्न नदिन एमालेको नयाँ बखेडा 

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
bam_gathabandhan.jpg

काठमाडौं । प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्न नदिन नेकपा एमालेले नयाँ बखेडा सुरु गरेको छ । यस अघि ६० र ४० प्रतिशतको भागवण्डा अनुसार प्रदेश ६ र प्रदेश ७ माओवादीले मुख्यमन्त्री पाउने सहमती भएकोमा विश्वासको मत लिने बेलामा भने एमालेले आधा आधा कार्यकालको प्रस्ताव राखेपछि दुई पार्टीबीचको तिक्तता बाहिर आएको हो ।  

केन्द्रमा एकताको हात फैलाई रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमती विपरित सरकार गठन हुनु भन्दा पहिले दुई पार्टीबीच सरकारको नेतृत्वको विषयमा मारामार सुरु भएको हो । यस अघि माओवादीलाई सरकारको नेतृत्व दिने गरी भएको सहमती विर्सिएर आधा आधा नेतृत्वको प्रस्ताव स्वीकार नगर्ने हो भने आफूले विश्वासको मत दिन नसक्ने भन्दै संसदीय दलको नेताले नै बखेडा निकालेपछि त्यहाँको विवाद सतहमा आएको हो । 

नेकपा माओवादीका तर्फबाट संसदीय दलको नेता चयन भएका महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनको लागि एमालेको सहमति माग्ने समयमा एमालेले यस्तो बखेडा निकालेको नेकपा माओवादी केन्द्रका सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर विष्टले जानकारी दिए । उनले यो संसदीय दलको नीति भएकोले उहाँहरुले ईच्छा राख्दैमा केही नहुने बताए । बुधबारसम्म आफूले विश्वासको मत प्रदेशप्रमुखकहाँ बुझाउने भन्दै उनले एमालेले पनि सहमती जनाउने विश्वास व्यक्त गरे । 

अन्तिम समयमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आधा आधा कार्यकालको प्रस्ताव गरेर त्यसमा माओवादीले सहमती नजनाउने हो भने विश्वासको मत दिन नसकिने बताएका थिए । कँडेलले मुख्यमन्त्रीको कार्यकाल अवधि, मन्त्रिपरिषदको स्वरुप र मन्त्रीहरुको वरियताका विषयमा स्पष्ट हुनुपर्ने भन्दै आधा आधा कार्यकालको प्रस्ताव राखेका थिए ।

मंगलबार मात्रै पार्टी एकताको विषयमा सहमती गरेको भनिएका एमाले र माओवादीबीच प्रदेशमा भने सहमती उल्लंघन गर्ने क्रम सुरु हुन थालिसकेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ