arrow

निर्वाचन आयोगले रोक्यो शर्माको माननीय हुने बाटो, ढकालको भाग्य चम्कियो

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले पठाएको समानुपातिक सूचीमा निर्वाचन आयोग सहमत हुन नसक्दा राजपाबाट सिफारिसमा परेकी रेणु शर्माको सांसद् हुने बाटो त्यसै रोकिएको छ । यस अघि राजपाले पठाएको सूचीमा निर्वाचन आयोगले गल्ती औल्याउँदै नामावली फिर्ता पठाइदिएपछि राजपाले म‌ंगलबार शर्माको नाममा नरमाया ढकालको नाम पठाएको छ । 

आयोगको यो निर्णयले शर्मालार्इ पीडित बनाएपनि ढकालको भाग्य भने चम्किएको छ । अन्तिम सूचीमा नगरेर पनि आयोगले फर्काएपछि ढकालको नाम परेको हो । नयाँ सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिए । 

राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो ।  आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ