arrow

रच्यो भारतले इतिहास, दक्षिण अफ्रिकामाथि उसकै भूमिमा श्रृङ्खला कब्जा 

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
india-cricket-win.jpg

काठमाडौं । भारतले एक दिवसिय क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकालाई उसकै भुमिमा हराएर श्रृंखला जितेको छ । 

६ खेलको श्रृंखलामा मंगलबार राति पाँचौं खेल जितेर भारतले एक खेल भन्दा अगाडि नै श्रृंखला ४–१ ले जितेको हो । 

भारतले पाँचौं खेल ७३ रनले जित्यो । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनायो । 

पोर्ट एलिजावेथ मैदानमा भएको खेलमा रोहित शर्माले १२६ बलमा ४ छक्का र ११ चौकाको सहयोगमा ११५ रन बनाए  । 

जवाफमा दक्षिण अफ्रिकाले ४२.२ ओभरमा अलआउट भएर मात्र २०२ रन जोड्न सक्यो । 

ओपनर हसिम अम्लाले ७१ रन जोडे पनि टिमलाई भने जिताउन असफल रहे । 

कुलदीप यादव, हार्दिक पाण्डेया र युजवेन्द्र चाहलले २–२ विकेट लिए । 

म्यान अफ् द म्याच बनेका रोहित शर्माले आफ्नो वान डे करिअरमा १७ औं शतक हानेका हुन् ।

अन्तिम तथा छैटौँ खेल १६ फ्रेब्रुअरीमा हुनेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ