arrow

युनाईटेड प्लाष्टिकमा आगलागी, २ करोडको क्षति, ७ घण्टापछि आगो नियन्त्रणमा 

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ फागुन २ बुधबार
united-fire.jpg

बुटवल । बुटवल संगमपथमा रहेको युनाइटेड प्लाष्टिक इन्डस्ट्रीजको सुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बुधबार बिहानपख मात्र नियन्त्रणमा आएको छ ।

मंगलबार राति ८ बजेतिर लाग्न शुरु गरेको आगो बिभिन्न ५ स्थानबाट आएका बारुणयन्त्रले बिहानपखमात्र नियन्त्रणमा लिएका हुन् । 

बुटवल उपमहानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, कपिलबस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकलले आगो निभाएका हुन् ।

उपमहानगरमा २ बटा दमकल भएपनि एउटा बिग्रिएको अबस्थामा रहेकाले आगो समयमै नियन्त्रणमा आउन नसकेको हो । 

आगलागीबाट २ करोडको क्षती भएको संचालक जिवन गौतमले जानकारी दिए ।

आगो कसरि लाग्यो भन्ने अझै खुलेको छैन । पसल संचालनमा रहेको सो घरमा साझको समयमा मान्छे नबस्ने भएकाले पनि आगो फैलिईसकेपछि मात्र थाहा भएको थियो ।

यसैबिच बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले बिहान घटनास्थलको अवलोकन गरेका छन् । घटनाप्रति दुःख ब्यक्त गर्दै मेयर सुवेदीले आगलगिबाट भएको क्षतीको बारेमा पनि जानकारी लिए ।

सुवेदीले सो ईन्टरप्राईजेजका संचालक जिवन गौतमलाई भेटि क्षतीपुर्ती र बिमा रकम उपलब्ध गराउन आफुले सहयोग गर्ने आश्वासन दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ