arrow

यस्तो छ प्रदेश ५ को दोस्रो बैठकको काम, मुख्यमन्त्री र सभामुख चयन हुँदै

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ फागुन २ बुधबार
pradesh5.jpg

बुटवल । बुधबार प्रदेश नम्बर ५ को दोस्रो संसद बैठक बस्दै छ । दोस्रो बैठकले प्रदेश ५ को मुख्यमन्त्री नियुक्ति र सभामुखको चयन बुधबार हुँदैछ । मुख्यमन्त्री एमाले सांसद शंकर पोखरेल र सभामुख माओवादीका पुर्ण घर्ती हुनेछन् ।

पोखरेललाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीले यसअघि नै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाइसकेका छन् । 

झाले बुधबार पोखरेललाई नियुक्त गर्ने तयारी गरेका छन् । पोखरेलको सपथ भने बिहिबार हुनेछ ।

बिहिबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । बिहिबार सपथ लिने मन्त्रीमा एमालेका बैजनाथ चौधरी र माओवादीका कृष्णध्वज खड्काको सम्भावना रहेको स्रोतले बतायो ।

सभामुखमा माओवादी सांसद पूर्ण घर्तीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुनेछन् । त्यसका लागि बुधबार दिउँसो १ बजे प्रदेश संसदको बैठक बोलाइएको छ ।

बैठकले घर्ती सभामुखमा निर्वाचित भएको घोषणा गरेपछि बुधबारै सपथ ग्रहणको तयारी गरिएको छ । सभामुखको सपथ ग्रहण समारोह ५ बजे राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ