arrow

एक किसानले राखे खेतमा सन्नी लियोनीको यो पोष्टर, कारण यस्तो छ 

logo
प्रकाशित २०७४ फागुन २ बुधबार

काठमाडौं । मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई देखेपछि पशु र पंक्षी पनि लठ्ठ पर्छन् होला । 

उनको रुपदेखि मानिस अवाक् छन् । उनको अनुहारमा जादू छ । शरीरमा त्यो वासना छ जुन वासनासंग भगवान ईन्द्र पनि काबुमा आउँथे होला । 

तर भारतको आन्ध्रप्रदेशको निलोरे जिल्लाको कुरा बेग्लै छ । त्यहाँ त सन्नी नियोनीको पोष्टर राखेरै एक किसानले बाली जोगाउन सफल भएका छन् । 

बन्दा किन्नी पिल्ले गाउँका ४५ वर्षे छेन्चु रेड्डीले लगाएको काउली र बन्दा लगायतका तरकारी उनका छिमेकीहरुले देखेर हैरान पारे । 

उनीमाथि आँखा पनि लगाए । गाउँलेहरुको तरकारीमा परेको गिद्धे दृष्टि हटाउन रेड्डीले उपाय रचे । 

त्यो उपायले चामत्कारिक काम गरेको छ । उपाय हो पूर्व अश्लील चलचित्रकी नायिका सन्नी लियोनीको ग्ल्यामर तस्वीर । 

ठूलो बोर्डमा लियोनीको बिकिनी लगाएको तस्वीर रेड्डीले तरकारी बारीको छेवैंमा राखेका छन् । त्यसमा उनले तेलुगु भाषामा ‘ए ! ममाथि आरिस नगर ’ भनेर लेखिएको छ । 

यो तरिकाले ती गाउँलेहरुको ध्यान सन्नी लियोनीतिर जाने र खेतीबाली कसैले नहेर्ने रेड्डीको तर्क छ । 

भारतमा अन्धविश्वास कायमै छ । मानिसले अन्न हेरे कुहिन सक्छ भन्ने अन्धविश्वासमा परेका रेड्डीलाई यसपटक बाली राम्रो भएकोमा सन्तोष लागेको छ । 

रेड्डीलाई त्यस्तो तस्वीर राख्न पाइन्छ वा पाइँदैन भन्ने कानुनी कुरा केही थाहा नभए पनि उनको सन्तोष खोज्ने उपाय भने गज्जबको छ । 

रेड्डी आफैले भनेका छन्, ‘कोही अधिकारी वा पुलिस आएर मलाई कुनै समस्या दिएका छैनन् ।’ उनलाई लागेको छ ‘उनीहरुले किन अवरोध गर्ने ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ