arrow

जाने बेलामा स्वास्थ्यमन्त्रीले नियुक्त गरे महानिर्देशक

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
health1.jpg

काठमाडौं । डा. विनोदमान श्रेष्ठ स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त भएका छन् । सरकारबाट बाहिरिने बेलामा स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेका हुन् ।

गएको पुस ३० गते निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय तानेर डा.तारानाथ पौडेललाई महानिर्देशक बनाइएको थियो । त्यो निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याएपछि मन्त्री बोहोराले नयाँ निर्णय गरेका हुन् ।

सरुवा खारेजीको माग गर्दै डा. पन्त अदालत पुगेपछि गएको माघ १८ गते सर्वोच्चले पुस ३० को सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यही अन्तरिम आदेशअनुसार पन्त गएको शुक्रबारमात्रै विभाग पुगेर हाजिर लगाए ।

त्यसको ५ दिन नवित्दै १२औँ तहका श्रेष्ठलाई मन्त्री बोहराले विभागको महानिर्देशक बनाएका हुन् । डा. श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएको पत्र थमाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ