arrow

रक्सीको मातमा हतियारसहित क्लब छिरेर झगडा गर्ने सई पक्राउ

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
arest-new-a.jpeg

काठमाडौं । मदिरा सेवन गरी दरबारमार्गस्थित आइक्लवमा झगडा गरेको आरोपमा सई राजुकमार श्रेष्ठ पक्राउ परेका छन् ।

वुधबार झिसमिसेमा साधा पोशाकमा क्लब छिरेका  श्रेष्ठले सञ्चालकसँग विवाद गरेका थिए। उनी जनसेवा वृतको सिआरभीमा कार्यरत छन् ।

पेस्तोलसहित अरु २ जना साथी लिएर त्यहाँ पुगेका सई श्रेष्ठले सञ्चालक र ग्राहकहरुसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ। सञ्चालकले भनेका छन्, ‘उहाँ रक्सीले टिल्ल परेर क्लब आउनुभएको थियो । आई क्लव बन्द गर्ने बेला विवाद झिक्नु भो ।’

विवाद बढ्दै गएपछि उनलाई दरबारमार्गबाट खटेको प्रहरीले नियन्त्रणमा लिएको हो । उनी बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा भेटिएका उनलाई निलम्वन गर्ने तयारी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ