arrow

एमालेको आकस्मिक स्थायी समिति बैठक प्रचण्डका मान्छेकाे घरमा

मिसिन पुगे माओवादी नेता

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
cpnuml.jpeg

ललितपुर । एमालेको आकस्मिक स्थायी समिति बैठक ललितपुर मान भवनमा बसेको छ । माओवादीसँगको पार्टी एकताको विषय टुंगो लगाउन अध्यक्ष केपी ओलीले आकश्मिक बैठक डाकेका हुन् ।

एकता संयोजन समितिको बैठकअघि एमाले नेताहरु छलफलमा बसेका हुन् । बैठक ललितपुरको मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेको छ । ठेकेदार अधिकारी प्रचण्ड निकट व्यवसायी मानिन्छन् ।

यसअघि ओली र प्रचण्डवीच पनि अधिकारीकै घरमा एक्लाएक्लै वार्ता हुँदै आएको छ । एमाले माओवादीको एकता संयोजन बैठक पनि अधिकारीकै घरमा बस्ने तय भएको छ ।

बैठकमा एमाले अध्यक्ष ओली सहित बरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल लगायतका नेताहरु सामेल छन् ।

यसैबीच, माओवादी नेताहरु आफ्नो आन्तरिक बैठक सकेर मानभवन पुगेका छन् । राम बहादुर, नारायण काजी, जनार्दन मिसिन आएका छन् । प्रचण्ड आएका छैनन् । माओवादी नेताहरु आन्तरिक बैठक सकेर आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ