arrow

ओली मानभवनमा, प्रचण्ड खुमलटारमा

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
oli-prachanda.jpg.jpeg

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक्लाएक्लै छलफल सकेलगत्तै आन्तरिक बैठक डाकेका छन् ।

अहिले दाहालको निवास खुमलटारमा माओवादी हेडक्वार्टर बैठक बसेको छ भने ललितपुरको मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा एमाले स्थायी समिति बैठक बसेको छ ।

दुबै अध्यक्षको एक्ला एक्लै भेटले पार्टी एकीकरणको अन्तिम ढाँचा तयार गरेको र त्यसलाई आन्तरिक छलफलबाट टुंगो लगाउन आकस्मिक बैठक डाकिएको बताइएको छ  । पार्टीको आन्तरिक बैठकमा सहमति लिएर एकता प्रक्रियालाई मूर्तरुप दिने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ