arrow

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
sherdhan_rai.jpg

मोरङ । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले बुधवार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए ।

 उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ