arrow

क्यानाडा बिरुद्ध नेपाललाई १ सय ९५ रनको चुनौती

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
Cricket_Nepal_WCL.jpg.jpeg

काठमाडौं।  नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ ।नेपालले जितकालागि १सय ९५ रनको लक्ष्य प्राप्त गरेको छ। 

टस जितेर नेपालले क्यानाडालाई ब्याटीङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरमा क्यानाडाले ८ विकेट गुामउँदै १९४ रन बनाएको छ।

एक समय क्यानाडा ३५.२ ओभरमा १३१ रन बानउँदा ४ विकेट गुमाएको थियो। कसिलो बलिङ गर्ने क्रममा बसन्त रेग्मीले १० ओभरमा ३४ रन खर्चिंदै ३ विकेट लिएका थिए। 

त्यसैगरि शरद भेषावकरले ७ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए भने कप्तान पारस खड्काले ७ ओभरमा १६ रन खर्चेर कुनै विकेट नलिई कसिलो बलिङ गरेका छन्। 

क्यानाडाका ओपनर श्रिमान्था विजेरत्नेले शतक प्रहार गरेका थिए। श्रिमान्थाले क्यानाडाको पारीलाई एक्लै सम्हालेका थिए। उनले १५२ बलमा ८ चौकाको मदतले १०३ रन बनाएका छन्। 

क्यानाडाकालागि हाम्जा तारिकले २४ रन बनाएका थिए भने साद बिन जफरले १० रनको योगदान गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ