arrow

माओवादीको समानुपातिक सूचिबाट फालिए हितराज, चुडामणिको भाग्य खुल्यो

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
hitraj.JPG

काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नामावली सच्याएर निर्वाचन आयोगलाई बुझाएको छ ।

समानुपातिक सूचिमा यसअघि परेका पूर्वमन्त्री हितराज पाण्डेको नाम हटाएर माओवादी केन्द्रले चुडामणि खड्काको नाम राखेर निर्वाचन आयोगलाई बुझाएको हो ।

माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचिमा खसआर्य पुरुष समूहमा १ नम्बरमै  हितराजको नाम राखेको थियो ।

आयोगले अपाङ्गबाट समूहबाट कोही नपरेको भन्दै सूची सच्याउन भन्दै माओवादीलाई चिठी लेखेको थियो ।

आयोगले सूचि नमिलेको चिठी पठाएपछि माओवादीले पाण्डेको नाम हटाएर खड्काको नाम सूचिमा पारेको हो । खड्का  द्वन्द्वकालका घाइते हुन् । तत्कालीन समयमा उनको खुट्टामा चोट लागेको थियो ।

सूचिबाट हट्ने र सूचिमा पर्ने दुबै गोरखाका हुन् । पाण्डे २०७० सालको संविधानसभा सदस्यउ निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । पाण्डे नारायणकाजी समूह निकट मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ