arrow

मः मः मास्टरसँग गफ : मः मःले हुनसम्म उपलब्धी भाे नि !

मनकुमारीको पनि मः मः मै मन बस्यो

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन २ बुधबार
karki_dai.jpg

काठमाडौ । भेज मः मः १००। चिकेन १२० । बफ मः मः १०० । खुवाको मःमः १०० । यो कुमार कार्कीले नयाँ बानेश्वरमा खोलेको विशाल मःमः प्यालेसको मूल्य सूचि हो । उनी बफ मःमः एक प्लेट बनाउन ८० रुपैँया खर्च हुन्छ भन्छन् ।

उनले यो–अचार, पिठो र ग्याँससहितको मूल्य हो भने । ग्राहकले खाँदा १०० रुपैँया लिने हो भने उनलाई अब २० रुपैँया सोझै नाफा । यत्ति भएपछि के चाहियो । अँ साँची यो त महँगो भएन न र ? जवाफमा उनले भने, ‘हामी राम्ररी हेरेर महँगोमै मासु ल्याउँछौँ । फल मासु हुन्छ । मिसावट हुँदैन । मसला पनि हामी घरमै बनेको प्रयोग गर्छौँ ।’ चार प्रकारको अचार हुन्छ । ओखलढुंगाका उनी अहिले भक्तपुरको सल्लाघारी बस्छन् । उनले बानेश्वर र कालीमाटी चोकमा मःमः पसल चलाएका छन् ।

दिनमा कति विक्रि गर्नु हुन्छ ? ७ देखि ८ सय प्लेट मेरै हातले बेच्छु, उनले जवाफ दिए । कति बेला बनाउनु हुन्छ त त्यत्रो मः मः ? जवाफमा उनले भने, ‘विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खट्छौँ । यहाँ हामी १४ जना छौँ । कालिमाटीकोमा १२ जना छौँ ।’ आफुसँगै उनले २५ जनालाई रोजगार बनाएका छन् ।

अब आखिरी कुरा,–खाजा त धेरै थरी हुन्छ, मः मः नै किन खान्छन् मान्छेहरु ? जवाफमा उनले भने, ‘अरु खाजाको तुलनामा छिटो हुन्छ । खानलाई पनि चटपटे टाइपको हुन्छ । सस्तो पनि हुन्छ । हाम्रो मःमः ठूलठूलो हुन्छ । रु. सयमा पेट भरिन्छ ।’ उनी मजाले हाँसे । रमाइलो गर्दै उनले भने, ‘मःमःले हुनसम्म उपलब्धी भयो नि !’

घर, बन्यो, सम्पति जोडियो, छोराछोरी पढाईयो, उनले भने । मःमः खानेको ओहोर–दोहोर कतिबजेबाट हुन्छ ? ‘दिउँसो १२ बजेबाट बेलुकी ८ बजे सम्म’, उनले जवाफमा भने । अरुको जाडोमा मःमः धेरै विक्रि हुने गरेको हुने भए पनि आफ्नोमा गर्मीमा बढी विक्रि हुने उनले बताएका छन् । कारण ? ‘हाम्रो बोसोरहित हुन्छ त्यसैले गर्मीमा खान लाहेक हुन्छ ।’ अनि बासी मःमः बेच्नु भा छ – ‘हामी ठिक्क बनाउँछौँ । केही गरी बच्यो भने खान मिल्नेसम्मको चलाउँछौँ ।’

बफ मःमःमा किन मन बस्यो ?
मःमः पसल अगाडि भेटिएकी मनकुमारी तामाङ्ग (अधिकारी)ले बफ मःमः मै मन बसेको बताइन् । मःमःमै किन मन बस्यो त ? ‘पहिलेबाटै खाने बानी बसेर होला छोड्नै सकिँदैन । बच्चाहरुलाई पनि मन पर्छ ।’

उनले अधिकांश मान्छे खाजा मः मः नै खाने बताइन् । उनले भनिन्, ‘जहाँ जान्छु मःमः पसलमै भिड हुन्छ ।’ सबै ठाउँमा एउटै नभए पनि अधिकाशंले मःमः नै खाने गरेको उनले बताइन् । उनले मःमः खाँदा पसलमा सरसफाई भएन भने त्यति मन जाँदैन पनि भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ