arrow

टेलिकमको सिबिए निर्वाचनमा संयुक्त गठबन्धन विजयी

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
CBA.jpg

काठमाडौं ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन (सिबिए)  निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ  र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हासिल गरेको छ ।

 यही माघ २९ गते एकै समयमा सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट नेपाल दूरसञ्चार कर्मचारी संघको लोगो र कर्मचारी प्रतिनिधि सञ्चालकमा साझा उम्मेदवार राज बहादुर रावलको विजय भएको हो ।

 संयुक्त गठबन्धन अन्तर्गत नेपाल दूरसञ्चार कर्मचारी संघको केन्द्रीय अध्यक्षमा राज बहादुर रावल छन् भने नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको केन्द्रीय अध्यक्ष दामोदर के.सी. हुन्  ।
 
सिबिए निर्वाचन श्रम ऐन अनुसार दुई वर्षका लागि व्यवस्थापनसँग सामूहिक सौदाबाजी गर्नका लागि चुनिने आधिकारिक कमिटी हो । त्यसैगरी कर्मचारी प्रतिनिधि सञ्चालक पनि सञ्चालक समितिमा दुई वर्षका लागि सम्पूर्ण कर्मचारीहरु मध्येबाट चुनिएको व्यक्ति हुन पाउने प्रावधान रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ