arrow

निर्वाचन आयोगका पदाधिकारी राष्ट्रपति कार्यालयमा, प्रधानमन्त्री राष्ट्रका नाममा सम्बोधन गर्ने

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै छ । आयोगका प्रवक्ता नवराज ढकालले आफुहरु प्रतिवेदन बुझाउन लागेको बताए ।

उनले भने, ‘हामी राष्ट्रपति कार्यालयमै छौँ ।’ काँग्रेस र माओवादी केन्द्रले सच्याएको सूचि बुझाएपछि आयोग पदाधिकारी निर्वाचन आयोग पुगेका हुन् ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । देउवाका एक सहयाेगिले प्रधानमन्त्री सेना दिवसकाे कार्यक्रममा व्यस्‍त भएका कारण वुधबार अबेर भएकाे छ, अब विहिबार विहान मात्रै राष्ट्रका नाममा सम्बाेधन हुने छ ।

उनले भने, 'अायाेगले वुधबारै निर्वाचन परिणामकाे प्रतिवेदन बुझाए पनि प्रधानमन्त्रीले विहिबार मात्रै राजीनामा दिनुहुन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ