arrow

आयोगले राष्ट्रपतिलाई बुझायो सम्पूर्ण मत परिणाम, निर्वाचन प्रक्रिया सम्पन्न

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
sital-niwas.jpeg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण मत परिणाम राष्ट्रपतिलाई बुझाएको छ । बुधबार साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेको आयोग पदाधिकारीको टोलीले राष्ट्रपतिलाई सम्पूर्ण मत परिणाम बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

बुधबार काँग्रेस र माओवादीले संशोधन सहित समानुपातिक सांसद्हरुको अन्तिम सूची बुझाए लगत्तै आयोगले राष्ट्रपतिलाई सम्पूर्ण मत परिणाम बुझाएको हो । आयोगले मत परिणाम बुझाएसँगै प्रतिनिधि सभाको सम्पूर्ण निर्वाचन प्रक्रिया टुंगिएको छ । आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६-६ सिट पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ